गोदावरी १० का शेरबहादुर ह!त्या प्रकरण : विकास मल्ललाई सफाइ बिरुद्ध पिडित उच्च अदालत जाने तयारीमा !

Image
Nisarga Hospital

कैलालीको गोदावरी–१० खमौराका शेरबहादुर चौधरी हत्या प्रकरणमा आरोपित विकास मल्ललाई जिल्ला अदालत कैलालीले सफाइ दिएको छ। असोज २३ गते राति लक्की मल्ल र विकास मल्लमाथि किटानी जाहेरी परेको थियो। शेरबहादुर ढोका तोड्ने प्रयासका बीच पछाडिको ढोकाबाट भाग्दै असोज २४ गते घर नजिकैको खोलामा मृत फेला परेका थिए।

CP Hospital Dhangadhi

अदालतले लक्की मल्ललाई पुर्पक्षका लागि कारागार चलान गरे पनि विकास मल्ललाई सामान्य तारेखमा रिहा गरेपछि पीडित परिवार आक्रोशित बनेको छ। उनका आफन्तले प्रहरी कार्यालय घेराउसमेत गरेका थिए। शेरबहादुरको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक बाबु राम चौधरीले सरकारी वकिलले उच्च अदालतमा मुद्दा चलाउने आश्वासन दिएकोले आन्दोलन स्थगित गरिएको जानकारी दिए।

Attariya Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार पुनरावेदन दर्ता गर्ने मौखिक सहमति भइसकेको छ। यस प्रक्रियाले प्रकरण उच्च अदालतमा गएर न्याय सुनिश्चित हुने अपेक्षा गरिएको छ।

nawajiwan