
रमेश बहादुर सिंह/बझाङ :नेपाली कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंह चैनपुर ताक्लाकोट सडक खण्डको अन्तिम बिन्दु पाल्ती भिडमा पुगेका छन्। उनले अन्तिम बिन्दु पाल्ती भिड मा पुगेर आपनो बुबाको सपना पनि यही ताक्लाकोट सडक खण्डको भएकाले आफुले सक्ने काम आपनो बुबाको सपना पूरा गर्न को लागि लागि पर्ने बताएका छन्।


नेपाल सरकारले सेती करिडोरका रुपमा लिएको कैलालीको टिकापुर देखी चीनको ताक्लाकोट सम्म जोड्ने सेतीराजमार्ग अन्तरगत बझाङ क्षेत्र पर्ने उत्तरी खण्ड चैनपुर ताक्लाकोट सडक खण्डको ४२ किलो मिटर बाटो खुलेको छ । सदरमुकाम चैनपुरको भोपुर देखी सुुुरु गरिएको तिव्वतको ताक्लाकोट जोड्ने १ सय १७ किलो मिटर लम्वाइ रहेको यो सडकको अहिले रुपातोला माथी पाल्तीभिर क्षेत्रमा सडक काट्ने काम भइ रहेको छ ।
यो सडक खण्डको पाल्तीभीर सम्म अहिले ४२ किलो मिटर ट्याक ओपन भइ सकको छ । अझै फागुन सम्म काम गरिने हुदाँ ३ किलो मिटर जती ट्याक खोल्न सकिने कामको जिम्मा पाएका नागारर्जुन र्निमाण सेवाका इन्जिनियर नविन देवले वताउनु भयो । २०७४।०७५ मा ठेक्का भएर ५० महिनाको काम गर्ने अवधि पाएको यो कम्पनीले विभिन्न पटक म्याद थपेर यहि फागुन सकिदै छ । पाल्तीभिर सम्म यसपाली ट्याक ओपन भएपछि आउदो वर्ष त्यहाँ वाट धुली सम्म ३३ किलो मिटर बाटो खोल्नका लागी ठेक्का हुने वताएको छ । पाल्तीभिर सम्म वाटो खुले पछि अहिले साइपाल गाँउपालीका धुली क्षेत्रका मानिसहरु लाइ यो वाटो आउन जान केही सहज भएको देखीन्छ ।

८५ करोड ७८ लाखका ठेक्का भएको यो सडक खण्डको रुपातोला वाट मेसनरी वाल ग्यान वालहरु लगाउने र अगाडी बाटो खुलाउने काम थियो । रुपातोला वाट अहिले रुमैली खोला, किरकिट्टे , दुनीबन, चौधे , लामागाड हुदै पाल्तीभिर सम्म बाटो खुलेको छ । यति किलो मिटर सम्म बाटो खोल्नुु भनेर काम तोकिएको छैन र्निमाण कम्पनीका प्रतिनिधि अनुप भट् र सन्तोष भट्ले भने क्वानटीटी अनुुसार काम गर्ने हो । तर विचमा हाम्रो मुख्य ठेकदार इश्वरीदत्त भट्को निधन भएपछि काममा केही ढिला सुस्ती भएको थियो र अहिले पुनह कम्पनीको सवै ठाँउमा काम नियमित सुुचारु भएको वताए । उहाँले यो सडक खण्डमा कडा चट्टान भएको, हिउ पर्ने , बम बलास्टिङ गर्नु पर्ने भएकाले पनि काममा केही ढिलाइ भएको स्विकार्य । ठेकदार अनुप भट्ले साइपालको धुुली क्षेत्रमा जलविधुत र्निमाणका काम हुने भएकाले उनिहरु वाट पनि सडक र्निमाणमा चाँसो भएकाले यो वाट अव छिटो खोल्ने समभावना भएको समेत वताए ।

पाल्तीभिर वाट साइपालको अन्तीम गाँउ धुली पुग्न ३३ किलो मिटर छ । धुली वाट तिव्वत ताक्लाकोट उरै सिमा पुग्न ४२ किलो मिटर हुन्छ । अहिले सडक बाटो खोल्ने जिम्मा पाएको स्वच्छन्द बानिया नागार्जुन जेभीको काम सकिए पछि अव अर्को आर्थिक वर्ष अर्को प्याकेज पाल्तीभिर देखी धुली सम्म बाटो खोल्ने ठेक्का हुन सक्छ चैनपुर ताकलाकोट सडक योजनाका इन्जिनियर विजय रानाले भने यसका लागी अलि बढी बजेटका लागी सवैले पहल गर्नु पर्ने देखीन्छ । धुली सम्म सडकको डिपिआर पनि भइ सकेको उहाँले वताए ।
सोमवार चैनपुर ताक्लाकोट सडक खण्डको बुझविस्तार गर्न स्थलगत भ्रमण गरेका नेपाली काँग्रेसका युवा नेता अभिषेक बहादुर सिंहले सडकको बाटो काटने स्थानमै पुगेर यो सडक र्निमाणमा बझाङबासी सवैको चिन्ता चाँसो भएको र यो सडक सुदुर पश्चिमको विकासको मेरुदण्ड भएकाले छिटोछरितो काम गर्ने र्निमाण कम्पनी र योजना कार्यालयका कर्मचारी संग आग्रह गरेका थिए । साथै उहाँले अव हुने ठेक्कामा हेलिकप्टर वाट पनि मेसीन ढुवानी गरेर तल माथी दुवै स्थान वाट काम गर्नु पर्ने भएकाले यसका लागी आफ्नो ठाँउ वाट पहल गरिने वताए ।
सुदुर पश्चिम सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गिय पृथ्वी बहादुर सिंहले पनि यो बाटो लाइ आफ्नो मुख्य प्राथमिकतामा राखेको सम्झदै स्वर्गिय मन्त्रीका छोरा नेता अभिषेक बहादुर सिंहले चैनपुर ताकलाकोट सडक र नाका खोल्नका लागी मैले पुर्व परराष्ट मन्त्री आरजु राणा देउपा संग ज्ञापन पत्र दिएर ध्यान आर्कषण गरेको वताए । उनले भने मेरो राजनिति जिवनमा छिटै नै यो सडक भएरै ताक्लाकोट जाने मेरो लक्ष्य छ । यो सडकको चैनपुर देखी सुनिकोट सम्म अहिले पिसको काम पनि भइ रहेको छ । रुपातोला सम्म यातायात सुविधा भएको यो सडक खण्ड धुली हुदै ताक्लाकोट सम्म जोडिन सके भारत वाट मानासरोवर जान यो वाटो सवै भन्दा छोटो हुने छ ।
२०७३।७४ साल वाट सुुरुवात भएको सेती राजमार्ग उत्तरी खण्ड चैनपुर ताक्लाकोट सडक योजनाको अवधि २०८४।८५ सम्म मात्र रहेको छ । कैलालीको टिकापुर हुदै अछाम बाजुरा भएर चैनपुर सम्म २४२ किलो मिटर र चैनपुर ताकलाकोट १ सय १७ गरि यो सडकको लम्वाइ ३ सय ५९ रहेको छ । धनगढी वाट बझाड आउदाँ खोडपे बझाड सडक चैनपुर सम्म सडक पिस भएको र अव चैनपुर ताक्लाकोट सडक र सिमा नाका छिटो खोल्न यहाँका वासिन्दाको प्रमुख माग रहेको छ

































