संसद् पुनस्र्थापनाको माग गर्दै एमाले गोदावरी कमिटीद्वारा अत्तरियामा प्रदर्शन

Image
Nisarga Hospital

अत्तरिया : संसद् पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले गोदावरी नगर कमिटीले अत्तरिया बजारमा प्रदर्शन गरेको छ ।

CP Hospital Dhangadhi

एमाले गोदावरी नगर कमिटीले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै देशव्यापी कार्यक्रम अन्तरगत प्रदर्शन गरेको हो ।

nawajiwan

प्रदर्शनका क्रममा निकालिएको विरोध ¥याली अत्तरिया बजार परिक्रम गरी ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको मदन आश्रित स्मृति प्रतीक्षालयमा कोष सभामा परिणत भएको थियो ।

Attariya Hospital

एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै आज देशभरका पालिकामा भेला र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । एमालेले संसद् पुनस्र्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरूलाई निर्देशन दिएको थियो ।

संसद् विघटनविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।