सुदूरपश्चिममा प्रशासनिक सरुवा: ३० कर्मचारीलाई नयाँ जिम्मेवारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रशासन सेवा (लेखा समूह) अन्तर्गतका ३० कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयको २०८२ कात्तिक २५ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, अस्पताल र सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई आन्तरिक व्यवस्थापनका आधारमा नयाँ कार्यालयमा पठाइएको हो।

CP Hospital Dhangadhi

लेखा अधिकृत रमेशकुमार थारु जलस्रोत तथा सिँचाइ विकास कार्यालय, कैलालीमा सरुवा भएका छन् भने देवराज जोशी भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, कैलाली पुगे। सेती प्रादेशिक अस्पतालका भीम बहादुर ऐर पूर्वाधार विकास कार्यालय, कैलाली सरुवा भएका छन्।

Attariya Hospital

टीकापुर अस्पतालकी निताकुमारी रेग्मी मुख्यन्यायधिवक्ताको कार्यालय, डडेल्धुराका नित्यानन्द जोशी कृषि ज्ञान केन्द्र, डडेलधुरा सरुवा भएका छन्। यसैगरी अन्य कर्मचारीहरू विभिन्न मन्त्रालय, स्वास्थ्य, शिक्षा, वन तथा कृषि सम्बन्धी कार्यालयमा कार्यभार सम्हाल्ने भएका छन्।

nawajiwan

मन्त्रालयका अनुसार यी सरुवाहरू नियमित मानव स्रोत व्यवस्थापन प्रक्रियाअन्तर्गत गरिएको हो, जसले प्रदेशका कार्यालयहरूको दक्षता र सेवाको गुणस्तर सुधार्ने अपेक्षा गरिएको छ।