एनपिएलमा सुदूरपश्चिम रोयल्सको (ट्यालेन्ट हन्ट) बाट अत्तरियाका अभिषेक कोइरालाको छनोट

Image
Nisarga Hospital

अत्तरिया : गोदावरी नगरपालिका–१, बनखेतका युवा क्रिकेटर अभिषेक कोइराला नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्स टिममा छनोट भएका छन्।

CP Hospital Dhangadhi

कोइराला सिवाईसी अत्तरिया स्कूल अफ क्रिकेट एकेडेमीमा प्रशिक्षण लिँदै आएका हुन्। धनगढीमा आइतबार र सोमबार सम्पन्न ‘सुदूरपश्चिम ट्यालेन्ट हन्ट’ कार्यक्रम मार्फत कोइराला लगायत थप ५ जनालाई टीमका लागी सुदूरपश्चिम रोयल्सले छनोट गरेको हो।

यस्तै ट्यालेन्ट हन्ट बाट हिक्मत महराले १३१ किलोमिटर स्पिडमा बलिङ गर्दै रोयल्सको आइकोनिक खेलाडीको रूपमा छनोट भएका हुन् । भने ट्यालेन्ट हन्टमा बलरको रूपमा उत्कृष्ट प्रदर्शन गरेका कोइरालाले १२५ किलोमिटर गतिमा बलिङ गर्दै दोस्रो स्थान हासिल गरेका हुन्।

nawajiwan
Attariya Hospital

आइकोनिक खेलाडी बाहेक ५ जना खेलाडीहरुलाई सुदुरपस्चिम रोयल्सको डेभलपमेन्ट टोलीमा राखिएको छ। आयोजित ट्यालेन्ट हन्टमा सुदूरपश्चिमका ३ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए।

सिवाईसी अत्तरिया एकेडेमीमा प्रशिक्षण गर्दै आइरहेका अभिषेक कोइरालालाई एकेडेमीका प्रशिक्षक तथा संचालक रजत शाहीले बधाई दिंदै उनलाई मेहनती, अनुशासित र प्रतिभाशाली खेलाडीका रूपमा प्रसंशा गरेका छन्।