डोटीको सामुदायिक वनमा रुखको फेदमुनि भरुवा बन्दुक फेला, प्रहरीले थाल्यो अनुसन्धान

Image
Nisarga Hospital

डोटीः डोटीमा प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारी बरामद गरेको छ।

CP Hospital Dhangadhi

जिल्लाको बडिकेदार गाउँपालिका–२ खरहरस्थित जनजागृति सामुदायिक वनको नवल कुटी खोला किनारमा उक्त बन्दुक फेला परेको हो।

प्रहरीका अनुसार बिहीबार दिउँसो सामुदायिक वनभित्र रुखको फेदमुनि लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको जनाएको छ। बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको थियो भन्ने विषय भने खुल्न सकेको छैन।

बेवारिसे अवस्थामा फेला परेको बन्दुक बरामद गरी प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनामा संलग्न व्यक्ति तथा बन्दुक राख्नुको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

सामुदायिक वन क्षेत्रमा हतियार फेला परेपछि स्थानीयस्तरमा समेत चासो बढेको छ।