अत्तरियामा अपराध वि’रुद्ध कडा अपरेशन, १७१ प’क्राउ र ७७ लाखको सामान बरामद

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा सञ्चालन गरिएको विशेष सुरक्षात्मक अभियानमार्फत प्रहरीले डेढ सयभन्दा बढी व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले २१ बैशाखदेखि सञ्चालन गरेको “अपराधिक गतिविधि नियन्त्रण अभियान” अन्तर्गत अहिलेसम्म १ सय ७१ जनामाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।

CP Hospital Dhangadhi

प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका ७७ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ। सोही अवधिमा विभिन्न शीर्षकमा १ सय ७५ मुद्दा दर्ता भएका छन्, जसअन्तर्गत सार्वजनिक हितविरुद्धका मुद्दामा ५३ जना, लागूऔषधमा १६ जना, ज्यानमार्ने उद्योगमा १७ जना, बैंकिङ कसुरमा ११ जना, जुवातासमा १४ जना, जबर्जस्तीकरणीमा ९ जना र कर्तव्यज्यानसम्बन्धी मुद्दामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Attariya Hospital

कारागारबाट फरार ३६ कैदीबन्दी तथा ८ जना फरार प्रतिवादीसमेत पक्राउ परेका छन्। जुवातास नियन्त्रण अभियानबाट २ लाख १३ हजार रुपैयाँ बरामद गरिएको छ। लागूऔषध तर्फ ३० ग्राम खैरो हेरोइन र डेढ किलो चरेस पनि फेला परेका छन्।

nawajiwan

बैशाखदेखि कार्यालयको कमान्ड सम्हालेका डीएसपी रणबहादुर चन्दका अनुसार शान्ति–सुरक्षा मजबुत बनाउन नियमित तथा विशेष अपरेशन सञ्चालन हुँदै आएका छन्। उनले अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनअनुसार कारबाही जारी रहेको बताए।