
मतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढेको छ । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्त अर्थात आईतबार सम्म छ ।

भोली शनिबार परेकोले पनि होला निर्वाचन कार्यालय कैलालीमा सेवाग्राहीको भिड लागेको छ। एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको सर्भर बारम्बार डाउन भएकाले सेवाग्राही भने मारमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलाली धनगढीका प्रमुख प्रेम भट्टले मतदाता नामावलीमा नाम समावेश गर्न आउनेको संख्या अन्तिम तिर झ्न बढेको बताए । केहिले ‘राम्रो उम्मेदवारलाई भोट दिन नाम दर्ता गर्न आएको बताएका छन् भने केहिले अहिलेको राजनैतिक परिर्वतन पछि आशा पलायर मतदान गर्न आएको बताए । कैलालीमा अहिले सम्म ४ हजार आसपासमा मतदाता नामावली दर्ता भईसकेको निर्वाचन कार्यालयले जनाएको छ ।


आयोगको बेवसाइटमा प्रि–रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ । विवाह भएर अन्यत्र गएका, बसाइँसराइँ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिने छ ।
आयोेगले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकीन्ने जनाएको छ । निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको छ ।
































