जनहित महाकाली सामुदायिक वनमा नयाँ नेतृत्व : सुवान बहादुर डङ्गौरा अध्यक्षमा सर्वसम्मत चयन

Image
Nisarga Hospital

कञ्चनपुर: गत कार्तिक १५ गते कृष्णपुर २ वाणी कञ्चनपुरमा रहेको श्री जनहित महाकाली सामुदायिक वन उपभोक्ता समुहको २३ औ वार्षिक साधारण सभा सञ्चालन गरिएको थियो। उक्त साधारण सभा सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरी को सभाअध्यक्षता र सब डिभिजन वन कार्यालय वाणी का प्रमुख भरत प्रसाद शाहको प्रमुख आतिथ्य रहेको थियो। विशिष्ट अतिथिमा सामुदायिक वन समन्वय समिती का उपाध्यक्ष नरेश राज भट्ट, पुर्व वडा सदस्य एवं जनहित महाकाली सामुदायिक वनका संस्थापक अध्यक्ष बहादुर चौधरी स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

साधारण सभाको दिन स्थानीय युवा उपभोक्ताहरुले आर्थिक पारदर्शिता नभएको भन्दै तुलसीराम चौधरीको अध्यक्षतामा रहेको समिती विगठनको माग राखे, तुलसीराम चौधरी अध्यक्षरत समितिका बहुमत सदस्यले राजिनामा गरेपश्चात उक्त समिती सामुदायिक वनको विधान अनुसार विगठन गरिएको छ। उपभोक्ताहरुले मनपरी खर्च गरेको, आर्थिक अनियमितता गरेको छानबिनका क्रममा भेटिएको बताएका छन्। साधारण सभामा उत्पन्न विवाद पश्चात् अध्यक्ष तुलसीराम चौधरी नेतृत्वको कार्यसमिति माथी छानवीन समिती गठन गरिएको थियो उक्त छानबिन समितिले २ लाख बढी आर्थिक अपारदर्शीता देखिएको छानवीन समिती सदस्य शिवचरण चौधरीले बताएका छ्न।

nawajiwan
Attariya Hospital

कार्तिक १५ गते मा सञ्चालित साधारण सभामा निर्णय हुन नसक्दा पटक पटक को भेला मार्फत छलफल गरि अन्ततः अपारदर्शीता देखिएको रकम तत्कालिन अध्यक्ष तुलसीराम चौधरी, कार्यलय सचिब र चौकिदारले तिर्ने गरि उक्त समिति हिजो कार्तिक ३० गते विगठन गरिएको छ। त्यस्तै हिजो नै नयाँ कार्यसमिति चयन गरिएको छ। उपस्थित स्थानीय उपभोक्ताहरुले सुवान बहादुर डङ्गाैरालाई अध्यक्षमा सर्वसम्मत चयन गरेका छन् भने नयाँ कार्यसमिति १३ सदस्यीय रहेको छ। नयाँ गठित कार्यसमितिलाई दुर्गाप्रसाद चौधरीले सपथ ग्रहण गराएका थिए। त्यस्तै नयाँ गठित समिति उपाध्यक्षमा श्याम चौधरी, कोषाध्यक्षमा चन्द्रा चौधरी, सचिवमा कलावती महरा, सदस्यमा क्रमश: दिपक चौधरी, मिनु बिष्ट, रामकुमारी डङौरा, फुलमती राना, सौमती राना लगायत रहेका छन्। त्यस्तै सल्लाहकार समिती संयोजक संस्थापक अध्यक्ष बहादुर चौधरी, लेखा संयोजक शोभा खुना, दुर्गाप्रसाद चौधरी लगायत रहेका छन्।

जनहितका अध्यक्ष तुलसीराम चौधरीको कार्यकाल अझै बाकी थियो तर बहुमत का सदस्यको राजीनामा र विरोधका कारण उक्त समिती विगठन गरिएको हो। गत कार्तिक १५ गते २३औं साधारण सभामा कार्यालय सचिवले आयव्य प्रस्तुत गर्दा आर्थिक अनियमितता विवाद देखिएकाले, लेखा संयोजकले समेत हस्ताक्षर नगरेको देखियो र बन्द सत्रमा पनि अनुमोदन नभएको र छानबिन समिति गठन गरी समस्या समाधान निकालियो अहिले नयाँ समिति गठन भएको स्थानीय उपभोक्ता दुर्गा प्रसाद चौधरीले बताएका छन्।

पुरानो समितिले धेरै त्रुटि गरेको देखियो रकम लिएको बिल नकाटेको ठेली हराएको २ लाख बढी आर्थिक हिनामिना निस्क्यो छानबिनको क्रममा त्यसपछि उक्त समितिका बहुमत सदस्यहरूले राजीनामा दिए , उपभोक्ताहरुले पुरानो समिति विधान अनुसार विगठन गरे र नयाँ समिति सर्वसम्मत गठन गरे, म अध्यक्ष पदमा सर्वसम्मत भएको छु। म जनहितका उपभोक्ताहरूको हकहितमा काम गर्छु। आर्थिक पारदर्शिता हुन्छ, भ्रष्टाचार गर्दिन: नव निर्वाचित अध्यक्ष सुवान बहादुर चौधरीले बताएका छन।

म बाट कुनै आर्थिक अनियमितता भएको छैन, तिनिहरुले नबुझेको हो, मलाई लगाएको आरोप प्रमाणित भए म कानुन बमोजिम कार्वाही सहन तयार छु, हिसावकिताव सामुदायिक वनको कार्यलय सचिवले हेर्ने हो, अध्यक्षले हेर्ने होइन, म बाट कुनै गलत काम भएको छैन, वहुमतको सदस्यहरुको राजिनामा आयो, अनि म अल्पमतमा परे, नयाँ आएको समितिले राम्रो काम गरोस शुभकामना छ, जनहित सामुदायिक वन समिती का निवर्तमान अध्यक्ष तुलसीराम चौधरीले बताएका छन्। जनहित महाकाली सामुदायिक वन कृष्णपुर २ वाणी स्थित खल्लागोठ मुक्तकमैया शिविरमा २०६० सालमा स्थापित सामुदायिक वन हो।