
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपतिको कार्यालयले बिहीबार (मंसिर १०) जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गठित मन्त्रिपरिषद्को मर्यादाक्रम संशोधन गरिएको हो।

नयाँ मर्यादाक्रमअनुसार सोविता गौतम चार स्थान माथि उक्लिँदै सातौँ स्थानबाट तेस्रो स्थानमा पुगेकी छन्। उनको वरीयता बढेसँगै यसअघि तेस्रो स्थानमा रहेका शिशिर खनाल चौथो स्थानमा झरेका छन्।
त्यस्तै, अघिल्लो मर्यादाक्रममा चौथो स्थानमा रहेका विराज भक्त श्रेष्ठ पाँचौँ र पाँचौँ स्थानमा रहेका सुधन गुरुङ छैटौँ स्थानमा पुगेका छन्। उनीहरू तीनै जनाको मर्यादाक्रम एक–एक स्थान तल झरेको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार २०८२ चैत १३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम यसअघि २०८३ जेठ २६ गते कायम गरिएको सूचीको तुलनामा हेरफेर गरिएको हो। नयाँ व्यवस्थासँगै मन्त्रिपरिषद्का केही सदस्यको वरीयतामा परिवर्तन आएको छ।



























