
अत्तरियाका युवा नेता लोकराज पाण्डेय आगोले प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिसमा परेका एसएसपी विश्व अधिकारीप्रति व्यक्त गरेको समर्थन फेरि चर्चामा आएको छ। केही दिनअघि पाण्डेयले सामाजिक सञ्जालमा अधिकारीमाथि भएको अन्यायका विरुद्ध खुलेर बोलेका थिए। आफू व्यक्तिगत रूपमा विश्व अधिकारीलाई नचिन्ने बताए पनि न्यायका पक्षमा आवाज उठाउनु आफ्नो कर्तव्य भएको उनको भनाइ छ।

पाण्डेयका अनुसार ढिलो भए पनि अधिकारीसम्बन्धी मुद्दामा सुनुवाइ हुनु सकारात्मक कदम हो। उनले लेखेका थिए, “जनपद प्रहरी समूहतर्फ डीआईजी बढुवा सिफारिस सूची प्रकाशित भएकोमा हार्दिक बधाई। न झुक्नु होला, न चुक्नु होला।”
उनले चेतावनी दिँदै भनेका छन् कि कुनै पनि क्षेत्रमा जानी–जानी अन्याय हुने हो भने भविष्यमा १, २, ३ गन्दै आवाज उठाइनेछ। “शासकहरू खबरदार, आम नागरिक अन्याय चुपचाप सहँदैन,” पाण्डेयले जोड दिएका छन्।
युवा नेताको यो स्पष्ट अभिव्यक्ति न्याय, पारदर्शिता र सही प्रक्रियाको समर्थनको रूपमा हेरिएको छ।































