दुर्गालक्ष्मी नमुना मावि र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच जनशक्ति व्यवस्थापनमा समझदारी

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच जनशक्ति व्यवस्थापन तथा शिक्षक तालिमको क्षेत्रमा सहकार्य गर्न समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारी पत्रमा दुबै संस्थाले शिक्षक उत्पादन, तालिम कार्यक्रम सञ्चालन र शैक्षिक सुधारका गतिविधिहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

oplus_0

सम्झौता अनुसार, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले दुर्गालक्ष्मी नमुना माविका शिक्षकहरूलाई आवश्यक तालिम (Updated Teacher / Trainee Teacher) प्रदान गर्नेछ। यसले विद्यालयमा गुणस्तरीय शिक्षण सुनिश्चित गर्न, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूको शैक्षिक सुधारमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।
oplus_0

समझदारी पत्रमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख तथा दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापकले हस्ताक्षर गरी औपचारिक रूपमा सहकार्यको सुरुवात गरेका छन्। उनीहरूले दुई संस्थाबीचको सहकार्यले आगामी वर्षमा शिक्षा र जनशक्ति व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।
oplus_0

विद्यालय र क्याम्पसबीचको यो पहलले शिक्षक तालिम कार्यक्रमलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षण अभ्यास र पेशागत विकासलाई प्राथमिकता दिनेछ। यस सम्झौताका माध्यमबाट विद्यार्थी र शिक्षक दुवैको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
oplus_0

सम्झौतामा हस्ताक्षर गरेका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षक उत्पादनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi