कैलालीका औषधी ब्यबसायी पनि आन्दोलित

Image
Nisarga Hospital

कैलालीः काठमाण्डौमा गत मंसिर २ गतेबाट आन्दोलन सुरु गरेको औषधि व्यवसायीहरूले सरकारविरुद्ध धनगढीमा पनि प्रदर्शन गरेका छन । गत मंगलबार काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिबाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

CP Hospital Dhangadhi

संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनु परेको नेपाल औषधि व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेम राज बुढाक्षेत्रीले बताए । उनले आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने बताए ।

nawajiwan
Attariya Hospital

औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति ब्यबसयीहरुको आपत्ति जनाएका हुन ।