सुदूरपश्चिम महोत्सवमा व्यवसायी र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश, विद्यार्थी–खेलाडीलाई ५० प्रतिशत छुट

Image
Nisarga Hospital

कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव–२०८२ मा व्यवसायी, ज्येष्ठ नागरिक, विद्यार्थी तथा खेलाडीका लागि विशेष प्रवेश व्यवस्था लागू गर्ने भएको छ। संघमा आवद्ध व्यवसायी सदस्यहरूलाई परिचयपत्रकै आधारमा निःशुल्क प्रवेश पास प्रदान गरिने अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए।

CP Hospital Dhangadhi

अध्यक्ष ओझाका अनुसार सुदूरपश्चिम महोत्सव सम्पूर्ण सुदूरपश्चिमवासीको कार्यक्रम भएकाले यसलाई सफल बनाउन सबै व्यवसायीको हातेमालो आवश्यक छ। “महोत्सव केवल संघको मात्र होइन, सुदूरपश्चिमका सबै व्यवसायीको साझा आयोजन हो,” अध्यक्ष ओझाले भने। उनले बृद्ध र फरक क्षमता भएको व्यक्तीहरुलाई पनि निशुल्क प्रबेशको व्यबस्था गरेको बताएका छन्

Attariya Hospital

हाल कैलाली उद्योग वाणिज्य संघमा तीन हजारभन्दा बढी व्यवसायी सदस्यता प्राप्त गरिसकेका छन्। दर्ता तथा नविकरण पूरा गरेका व्यवसायीहरूलाई मात्र निःशुल्क प्रवेश सुविधा उपलब्ध हुनेछ। यस्तै, विद्यार्थी र खेलाडीलाई प्रवेश टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको संघका कार्यकारी अधिकृत दिनेश ओझाले जानकारी दिए।

nawajiwan

सुदूरपश्चिम महोत्सव–२०८२ आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म, धनगढी–१, पशुपति टोलस्थित पूर्वनिर्धारित स्थानमै आयोजना हुनेछ।