हाम्रो क्षेत्र हामी आफैं सफा बनाउँछौं : दुर्गालक्ष्मी नमूना माविका विद्यार्थीहरूद्वारा अत्तरिया बजार सरसफाई

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. २ को अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूले शुक्रबार अत्तरिया बजारदेखि विद्यालय परिसरसम्म व्यापक सरसफाई अभियान सञ्चालन गरेका छन्। विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ११ र १२ का करिब २०० विद्यार्थीहरूको सक्रिय सहभागितामा सरसफाई गरिएको हो।

CP Hospital Dhangadhi

विद्यालयका प्रधानाध्यापक विर सिंह महताका अनुसार विद्यार्थीहरूको माग र नेतृत्वमा सञ्चालन गरिएको अभियानको उद्देश्य “हाम्रो क्षेत्र हामी आफैं सफा बनाउँछौं” भन्ने चेतना फैलाउनु थियो। सरसफाई कार्यक्रममा विद्यार्थीहरूसँगै शिक्षक, इलाका प्रहरी कार्यालय अत्तरिया, नगर प्रहरी तथा गोदावरी नगरपालिकाको समेत सहकार्य रहेको थियो। नगरपालिकाले अभियानका लागि आवश्यक सरसफाई सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक महताले विद्यालयले नियमित रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरूले यस्ता गतिविधिले समाजमा सकारात्मक उदाहरण स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरूले आगामी दिनमा पनि सरसफाई तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिदत्त भट्टराईले भने, “विद्यार्थीहरूले गरेको सरसफाई अभियानले समाजमा सकारात्मक सन्देश पुगेको छ। युवा पुस्ता जिम्मेवार र सक्रिय बनेमा शहर स्वच्छ र सुन्दर बन्छ। विद्यालयका यस्ता पहलले समुदायमा चेतना फैलिन्छ र सबै मिलेर अत्तरियालाई आदर्श क्षेत्र बनाउने लक्ष्य पूरा गर्न सहयोग पुग्ने समेत बताएका छन ।”

oplus_0

कार्यक्रमका क्रममा कक्षा १२ की कानुन संकायकी विद्यार्थी सन्ध्या बी.के.ले बजार सरसफाईमा व्यापारीहरू प्रमुख जिम्मेवार हुने बताइन्। उनले “प्रत्येक पसलमा डस्टबिन अनिवार्य व्यवस्था गरिनुपर्छ, फोहोर जथाभावी फाल्ने प्रवृत्ति अब रोक्नैपर्छ,” भन्दै स्थानीय व्यापारी र सेवाग्राही दुवैलाई जिम्मेवार बन्न आग्रह गरिन्।

oplus_0

उनका अनुसार अत्तरिया बजार र बसपार्क क्षेत्रमा फोहोर व्यवस्थापन कमजोर भएको टिप्पणी बाहिरबाट आउने मानिसहरूले बारम्बार गर्ने गरेको हुँदा सरसफाई अभियानले सकारात्मक सन्देश प्रवाह गर्ने छ।

oplus_0

“हामी विद्यार्थीहरूले एकजुट भएर सरसफाई गरेका छौं, अब यो अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक छ,” उनले भनिन्।

oplus_0

यस अभियानले अत्तरिया बजारमा स्वच्छता र सामुदायिक जिम्मेवारीबारे नयाँ जागरण ल्याएको सहभागीहरूको भनाइ छ।

oplus_0