अनुसन्धान विधि र विधिशास्त्रमा के फरक छ?

Image
Nisarga Hospital

(अनुष्टुप छन्दमा प्रस्तुत)
(Methods and Methodology)
शब्दकै अर्थले भन्छ दुबैमा हुन्छ अन्तर (There is a difference)
विधि हो एउटा पाटो शास्त्र भने विशाल छ (Method is a part whereas Methodology is a whole)
विधि (Methods):
के हो ढाँचा कताबाट कसरी बढ्नु हो अघि ? (Research design)
कस्तो प्रकारको गर्छौ अनुसन्धान त्यो तिमी? (Type of research)
अनुसन्धानका तिम्रा सहभागी हुनेछ को? (Research participants)
कुन ठाउँ कहाँ जाने तथ्यका निम्तिमा छ जो? (Research site)
होलान् के साधन लाने साथमा तथ्य खातिर? (Tools)
संकलनार्थ ती तथ्य प्रक्रिया छ जरूरत (Data collection process)
तथ्य जम्मा गरे पश्चात् के गर्छौ गम्नुपर्दछ (After data collection?)
तथ्य विश्लेशनार्थाय प्रक्रिया भन्नुपर्दछ (Data analysis process)
विधि शास्त्र (Methodology)
सबै ती माथिका विधि शास्त्रले नै समेट्दछ (Methodology covers methods)
छन् केही थप्नु नै पर्ने त्यो पनि लेख्नुपर्दछ (plus you have to add something)
अनुसन्धानका हुन्छन् आधार जान्नुपर्दछ (Bases of your research)
मुख्य आधार हो फेरि दर्शन मान्नुपर्दछ (Mainly Philosophical underpinnings)
तिम्रालागि के हुन् सत्य ज्ञान निर्माणका कुरा (Philosophy covers ontology and epistemology)
मूल्य नैतिकता हुन् के कसरी गर्दछौ पूरा?(plus axiology and ethical standards)
गुणस्तरीय हो काम भन्ने आधार हुन्छ के?(plus quality standards)
एक एक गरी सारा विस्तार गर्नु पर्छ हे (All these are required in your Methodology Chapter)

CP Hospital Dhangadhi

✍️ प्रा. डा. मन प्रसाद वाग्ले
काठमाडौँ विश्वविद्यालय