
टीकापुर नगरपालिकामा चार वर्षपछि ‘इन्डोर गेम्स’ सञ्चालनका लागि कभर्ड हल निर्माण औपचारिक रूपमा सुरु भएको छ।

स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेलमैदानमा दुई करोड ६४ लाख ५० हजार रुपैयाँको लागतमा कभर्ड हल निर्माण कार्य अघि बढाइएको हो।

एक हजार दर्शक क्षमता रहेको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो यो बहुउद्देश्यीय संरचना नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलका अनुसार आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण तीव्र रूपमा भइरहेको र काम सकिएपछि हलको व्यवस्थापन जिम्मा विद्यालयलाई दिने तयारी गरिएको उनले बताए।
































