बझाङबाट प्रतिनिधि सभा सदस्यमा अभिषेक बहादुर सिंहसहित सात जनाको नाम सिफारिस

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले आज सात जनाको नाम सिफारिस गरेको छ। पार्टीका युवा नेता अभिषेक बहादुर सिंहसहित नरेश बहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही, नारायण हमाल, केशव राज जोशी र दिपेन्द्र जोशीको नाम प्रतिनिधि सभा सदस्यका लागि अनुशंसा गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले जनाएको छ।

CP Hospital Dhangadhi

यससँगै समानुपातिक तर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली र शान्ति पुजारा गरी पाँच जनाको नाम पनि छनोट गरिएको छ।

राष्ट्रियसभा सदस्यका लागि अर्जुनजंग बहादुर सिंह र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले जानकारी दिएको छ।

nawajiwan

नेपाली कांग्रेसको केन्द्रीय समितिको परिपत्र अनुसार आज बुधबार बसेको जिल्ला समितिको बैठकबाट प्रस्तावित उम्मेदवारहरूको नाम छनोट गरिएको हो।

Attariya Hospital

सरकारको निर्णयअनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय भएको छ।

बझाङ कांग्रेसले प्रतिनिधि सभा सदस्यका इच्छुक उम्मेदवारहरूबाट १० हजार, समानुपातिकतर्फ ५ हजार र राष्ट्रियसभा सदस्यका लागि ५ हजार रुपैयाँ दस्तुर शुल्कका साथ फारम बुझाएको थियो।

यदि नयाँ आकांक्षी उम्मेदवार थपिन चाहने भए भोलि बिहान ९ बजेसम्म पनि दस्तुर बुझाएर उम्मेदवारी दिन सक्ने व्यवस्था गरिएको कांग्रेस बझाङले जनाएको छ।