
(Are you a quantitative or a qualitative researcher?)
के ले निर्धारण गर्छ?
(What determines this?)
अघिल्लो पाठमा हामीले विधिशास्त्रका कुरा गर्दा अनुसन्धानका दार्शनिक आधारका बारेमा पनि कुरा ग-यौं / त्यसमा हामीले तपाईंको आफ्नो सत्यको सिद्धान्त (ontology), तपाईंको ज्ञान निर्माण प्रक्रिया (epistemology), र अनुसन्धानमा सहभागीहरूलाई तपाईंले दिने मूल्य (axiology) का बारेमा उल्लेख ग-यौं/ हो, तपाईं संख्यात्मक हो कि गुणात्मक अनुसन्धानकर्ता भन्ने कुरा त्यसैमा भर पर्दछ/ (The determinants of type of researcher, are your own ontology, epistemology, and axiology). त्यसैकारण पनि तपाईंको अनुसन्धानमा दार्शनिक आधार (philosophical underpinnings) को ठुलो महत्व छ/
(भुजंगप्रयात छन्दमा)
संख्यात्मक अनुसधानकर्ता को हो?
1. ontology
यदि तपाईंको ontology यस्तो छ भने: (If your ontology is like this you are a quantitative researcher)
म जे देख्छु साँच्चै त्यही सत्य मान्छु (What I observe is truth; the reality is out there)
छ तथ्यांक के हो त्यही मात्र मान्छु (There is a single reality)
र इन्द्रीयले जे भने त्यो सकार्छु ( Reality is what my five senses tell me)
अरू भावनाका कुरा जो नकार्छु (I do not believe in individual people’s perception)
2. Epistemology
यदि तपाईंको epistemology यस्तो छ भने: (If your epistemology is like this, you are a quantitative researcher)
जहाँ हुन्छ प्रश्नावलीका प्रयोग (If you use questionnaire)
यसैमा म खोज्छु सबै ज्ञान सत्य (you believe knowledge comes from the analysis of such quantitative data)
र जे भन्छ तथ्यांकले हुन्छ ज्ञान (for you that is the only knowledge)
छ संसारमा ज्ञान एकै छ जान (and that knowledge applies to all)
3. Axiology
यदि तपाईंको axiology यस्तो छ भने: (If your axiology is like this, you are a quantitative researcher)
मलाई कुनै व्यक्तिको चाख हुन्न (Value free)
सबैको भनाई समेट्नै सकिन्न (no individual data analysis)
सबैको भनाई मिसाएर यौटै (I mix them all for analysis)
निकाल्दै म निष्कर्षमा पुग्छु छिट्टै (and come to the conclusion)

✍️ प्रा. डा. मन प्रसाद वाग्ले
काठमाडौँ विश्वविद्यालय






























