कैलाली–कञ्चनपुर प्रहरीले अवैध भन्सार छलीका लाखौं मूल्यका सामान बरामद

Image
Nisarga Hospital

कैलाली र कञ्चनपुर प्रहरीले अवैध भन्सार छलीका लाखौं रुपैयाँ मूल्यका सामान बरामद गरेका छन्। बिहिबार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कस्थित सडक र ब्रह्मदेव हाईवेबाट भारतबाट अवैध रूपमा ल्याइएका ४५ लाख १ हजार १७९ रुपैयाँ बराबरका सामान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद सामानमा आइफोन मोबाइल, डोरी, बेल्ट, सवारी साधन मर्मतका सामग्री लगायतका वस्तुहरू समावेश छन्।

CP Hospital Dhangadhi

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–७ बुद्धचोकबाट पनि अवैध भन्सार छलीका ६९ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न किसिमका पटका, माछा मार्ने जाल, जाल बाध्ने डोरी, बल्छि धागो लगायतका सामान बरामद गरिएको छ। प्रहरीले सबै सामान बेवारिसे अवस्थामा फेला परेको बताएको छ।

Attariya Hospital

उक्त कार्यले सीमा नजिकको अवैध कारोबार नियन्त्रणमा प्रहरीको सतर्कता र समन्वयलाई उजागर गरेको छ। प्रहरीले यस्तो गतिविधि रोक्न निरन्तर निगरानी बढाउने जनाएको छ।

nawajiwan