
१. निर्णय–क्षमता (Decision Making) विकास गर्न ।

कलेज जीवनमा करियर, सम्बन्ध, लक्ष्य, अध्ययन–अभ्यास जस्ता सबै महत्त्वपूर्ण निर्णय गर्नुपर्छ।
गीता सिकाउँछ—
“धर्म वा कर्तव्य पहिचान गर र निर्भय भएर निर्णय गर।”
यसले विद्यार्थीलाई भ्रम, दबाब, भड्काउ र झूटो आकर्षणबाट जोगाउँछ।
२. तनाव व्यवस्थापनमा गीता ज्ञान सबैभन्दा प्रभावकारी
कलेजका विद्यार्थीहरूमा
• परीक्षा तनाव
• सम्बन्धका समस्याहरू
• भविष्यको डर
• सामाजिक दबाब
अत्यधिक देखिन्छ।
गीता सन्देश—
“मनलाई स्थिर बनाउने कला नै योग हो।”
यसले विद्यार्थीलाई भावनात्मक स्थिरता, एकाग्रता र शान्ति दिन्छ।
३. आत्म–अनुशासन र जीवनशैली व्यवस्थापन
कलेजको प्रमुख चुनौती—स्वअनुशासन।
गीता भन्छ—
“इन्द्रिय विजयी भएपछि मात्र व्यक्ति विजयी हुन्छ।”
यही सन्देश विद्यार्थीलाई
• समयपालन
• एकाग्रता
• अध्ययन बानी
• फोन–सोसल मिडियाको नियन्त्रणमा सक्षम बनाउँछ।
४. करिअरमा आवश्यक नेतृत्व–कौशल विकास
गीताले नेतृत्वका ४ आधार बताउँछ—
साहस, सत्यता, कर्तव्यनिष्ठा र निष्काम भाव।
यी गुण भएका विद्यार्थी
• टीम वर्क
• प्रोजेक्ट
• प्रिजन्टेसन
• व्यवस्थापन
मा उत्कृष्ट हुन्छन्।
५. गीता ज्ञान आत्मविश्वास बढाउँछ ।
गीता बारम्बार भन्छ—
“आत्मा अजेय छ—डर केवल मनको अवस्था हो।”
यो सन्देशले डर, हीनभाव, असफलताको भय घटाइ विद्यार्थीलाई दृढ, साहसी र धैर्यवान बनाउँछ।
६. नैतिकता र मानवीय मूल्य कायम राख्छ ।
कलेज वातावरणमा
• आकर्षण
• नशा
• हिंसा
• अनुशासनहीनता
• अनैतिक प्रभाव
छिट्टै फैलिन सक्छ ।
गीता सिकाउँछ—
“सत्य, अहिंसा, पवित्रता, संयम—यी नै छात्रको शक्ति हुन्।”
यी मूल्यले व्यक्तित्वलाई समृद्ध बनाउँछ।
७. जीवनको उद्देश्य पहिचान गराउँछ
“कलेज सकियो—अब के?”
धेरै विद्यार्थीमा जीवन–उद्देश्यको अभाव हुन्छ।
गीता जीवनलाई उद्देश्यपूर्ण, सार्थक र आत्म–विकास केन्द्रित बनाउन प्रेरित गर्छ।
८. २१औँ शताब्दीका Life Skills गीतामा छन् ।
• Critical thinking
• Emotional Intelligence
• Resilience
• Self-management
• Positive mindset
९. Success Mantras From Gita : गीतामा सफलताका सुत्रहरू छन् जुन कलेजमै पढ्दा विद्यार्थीहरूलाई सिकाउनु जरूरी छ ।
समग्रमा कलेजका विद्यार्थीहरूलाई गीता ज्ञान आवश्यक छ किनकि—
यसले चरित्र, करियर, मनोनिग्रह, नेतृत्व, नैतिकता र जीवन–उद्देश्य—सबै निर्माण गर्छ।
गीता केवल आध्यात्मिक पुस्तक होइन,
“युवाको सम्पूर्ण व्यक्तित्व विकासको वैज्ञानिक मार्गदर्शन” हो।
✍️ सुरेन्द्र ओझा, Motivational Speaker






























