थारु समुदायको गौरव: पहिलो महिला पाइलट बन्ने टीका चौधरीलाई धनगढीमा सम्मान

Image
Nisarga Hospital

धनगढीः थारु समुदायबाट पहिलो पाइलट बन्न उदाइरहेकी २१ वर्षीया टीका चौधरीलाई आज धनगढीमा सार्वजनिक सम्मान गरिएको छ। बातचित घर संस्थाका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र प्रदान गरे।

CP Hospital Dhangadhi
Attariya Hospital

चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलट लाइसेन्स प्राप्त गरिसकेकी छन्। उनले अहिले एक सय घण्टाको एकल उडान बाँकी रहेको र तालिम पूरा गर्न छ महिना लाग्न सक्ने बताइन्। “तालिम गाह्रो छ, तर हिम्मत र संघर्षले पूरा गर्ने छु,” उनले भनिन्।

यस उपलब्धिले थारु समुदायमा ठूलो गर्व र आत्मविश्वास फैलाएको प्रधानले जनाए। चौधरीको सफलता नेपाली युवती, विशेष गरी सीमान्तीकृत समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।

nawajiwan