धनगढीको गौरव बन्यो सन्जिवनी मोबाइल, सामसुङ कम्पनीले दियो विशेष सम्मान पत्र

Image
Nisarga Hospital

कैलालीको धनगढीमा रहेको सन्जिवनी मोबाइल सम्मानित भएको छ। सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सामसुङ कम्पनीको फ्ल्यागसिप मोडलका एक सयभन्दा बढी मोबाइल सफलतापूर्वक बिक्री गर्न सफल भएपछि सन्जिवनी मोबाइललाई विशेष सम्मान प्रदान गरिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

सामसुङ कम्पनीको तर्फबाट आयोजित बधाइ तथा सम्मान कार्यक्रममा छोटो समयमै एउटै फ्ल्यागसिप मोडलका १०० भन्दा बढी मोबाइल बिक्री गर्न सफल भएको उल्लेख गर्दै सन्जिवनी मोबाइलको व्यावसायिक क्षमता, ग्राहक विश्वास र सेवा गुणस्तरको प्रशंसा गरिएको थियो।

सन्जिवनी मोबाइलका सञ्चालक सुवास बमले यो सफलता केवल व्यवसायिक उपलब्धि मात्र नभई सम्पूर्ण टिम, ग्राहक र साझेदारहरूको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले सन्जिवनी मोबाइललाई निरन्तर विश्वास गर्ने ग्राहकवर्ग, इष्टमित्र, साथीभाइ, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे।

त्यसैगरी, सन्जिवनी मोबाइलका प्रमुख साझेदारहरू दिनेश ट्रेडिङ हाउस धनगढी, गड्तोला बिजनेस हाउस धनगढी, आइएमएस नेपाल, सामसुङ नेपाल तथा सन्जिवनी मोबाइलका प्रत्येक सदस्यप्रति पनि विशेष धन्यवाद ज्ञापन गरिएको छ। यो उपलब्धिले धनगढीलाई सुदूरपश्चिमको प्रविधि बजारमा नयाँ उचाइमा पुर्‍याएको विश्वास गरिएको छ।