अत्तरियामा सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज, र्यापर जी–बब र स्थानीय कलाकारको प्रस्तुति

Image
Nisarga Hospital

अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आज शनिबार थप रंगीन बन्ने भएको छ। महोत्सवमा चर्चित र्यापर जी–बब, देउडा गायक शेरे आउजी लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन्।

CP Hospital Dhangadhi

यसका अतिरिक्त गायिका अन्जु कुश्मी, जे आर भट्ट र डान्सर आरुशी मगर लगायतका स्थानीय कलाकारहरूले पनि प्रस्तुति राख्ने आयोजकले जानकारी दिएका छन्। महोत्सवले स्थानीय कला, संस्कृति र प्रतिभा प्रदर्शन गर्ने प्रमुख अवसर प्रदान गरेको छ।

शुक्रबार महोत्सवमा चर्चित गायक हेमन्त शर्मा, चेतन बोहरा, देउडा गायक भुवन दाहाल, डान्सर सरस्वती सेठी लगायतका कलाकारहरूले मनमोहक प्रस्तुति दिएका थिए।

पौष ९ गतेबाट सुरु भएको यो महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहँदै आएको छ। कार्यक्रमले स्थानीय युवा कलाकारहरूको प्रतिभा उजागर गर्दै सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन प्रदान गरिरहेको छ। आयोजकले महोत्सव आगामी दिनहरूमा पनि विविध प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रम रहने बताएका छन्।