
डडेल्धुरा: जिल्लाको नवदुर्गा गाउँपालिका–१ अशुर्पास्थित बेलापुर पक्की सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल ठो’क्किँ’दा दुई जना घा’इ’ते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक नवदुर्गा गाउँपालिका–४ का ४५ वर्षीय कर्णबहादुर बोहरा र पछाडि सवार सोही ठाउँका ४२ वर्षीय कृति बिष्ट घा’इ’ते भएका हुन्। बिष्टको टाउकोमा र बोहराको घुँडामा चो’ट लागेको छ। दुवैको अवस्था सा’मा’न्य रहेको र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आज बेलुकी डडेल्धुराबाट बेलापुरतर्फ जाँदै गरेको से ७ प ७२५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०४–००१ झ ००१४ नम्बरको नवदुर्गा गाउँपालिकाको एम्बुलेन्स एकआपसमा ठो’क्कि’ए’का हुन्।

एम्बुलेन्स चालक ४३ वर्षीय जयबहादुर साउँद रहेको र घ’ट’नाबारे थप अ’नु’सन्धा’न भइरहेको प्रहरीले जनाएको छ।































