कैलाली अत्तरियामा करियर स्टेसन भेट्रान्स कप: अनुपमा अलराउन्डर्स दुई जितसहित शीर्ष स्थानमा

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा जारी करियर स्टेसन भेट्रान्स कप क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत अहिलेसम्म ६ वटा खेल सम्पन्न भएका छन्। प्रतियोगितामा अनुपमा अलराउन्डर्सले लगातार दुई जित निकाल्दै अंक तालिकाको पहिलो स्थानमा आफ्नो दाबेदारी मजबूत बनाएको छ।

CP Hospital Dhangadhi

अंक तालिकामा बुडा बाघ र गेटा रोयल्स समान २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। कैनोडा लायन्स र अत्तरिया सिटीले पनि एक–एक खेलमा जित निकाल्दै प्रतिस्पर्धालाई रोचक बनाएका छन्। यसरी शीर्ष टोलीहरूबीचको कडा प्रतिस्पर्धाले दर्शकको उत्साह बढाएको जानकारी पि एफ ए स्पोस्टस क्लबका महासचिव शिद्ध बोहराले जानकारी दिएका छन ।

त्यसैगरी, न्यु ग्वासी सहारा क्यापिटल्स, गुलरिया बुल्स र महेन्द्रनगर ब्वाइजले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। प्रतियोगिताका आगामी खेलहरूमा यी टोलीहरूले राम्रो प्रदर्शन देखाएर अंक तालिकामा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताले विशेषगरी स्थानीय भेट्रान खेलाडीहरूको प्रतिभा उजागर गरेको आयोजकले बताएको छ। खेलमा दर्शकको सहभागिता र उत्साह उच्च रहेको छ। आयोजकले प्रतियोगितालाई अझ रोचक बनाउन विभिन्न सांस्कृतिक र खेलकुद कार्यक्रम पनि आयोजना गरिरहेको छ। आगामी खेलहरूमा टोलीहरूको रणनीति र खेलाडीहरूको प्रदर्शनले प्रतियोगिताको रोमाञ्चकता अझ बढाउने विश्वास गरिएको छ।

यस प्रतियोगिताले कैलाली क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको दाबी छ।