कैलाली बहुमुखी क्याम्पसमा पुस २३ देखि माघ ७ सम्म हिउँदे बिदा

Image
Nisarga Hospital

कैलाली बहुमुखी क्याम्पसले हिउँदे बिदासम्बन्धी सूचना सार्वजनिक गरेको छ। क्याम्पस प्रशासनका अनुसार मिति २०८२ पुस २३ गतेदेखि माघ ०७ गतेसम्म क्याम्पसमा हिउँदे बिदा रहनेछ।

CP Hospital Dhangadhi

विश्वविद्यालयको बिदासम्बन्धी प्रावधानअनुसार उक्त अवधिमा पठन–पाठन तथा अन्य नियमित शैक्षिक गतिविधि स्थगित रहने जनाइएको छ। यद्यपि, बिदाको समयमा क्याम्पसका प्रशासनिक सेवा भने बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमार्फत सञ्चालित सबै परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार यथावत् सञ्चालन हुने क्याम्पसले स्पष्ट पारेको छ।

क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई जानकारी गराइएको छ।