National Youth Council मा तीन नयाँ केन्द्रीय सदस्यले लिए सपथ, युवा नेतृत्व सशक्त हुने संकेत

Image
Nisarga Hospital

National Youth Council को केन्द्रीय समितिमा तीन नयाँ सदस्य थपिएका छन्। सुदूरपश्चिम प्रदेशबाट जय धामी, ओखलढुंगाबाट प्रसन्न ढुंगेल र काठमाडौँबाट संगिता श्रेष्ठले आज औपचारिक रूपमा केन्द्रीय सदस्यको सपथ ग्रहण गरेका छन्।

CP Hospital Dhangadhi

युवा तथा खेलकुद मन्त्री बाबुल गुप्ताको कार्यकालमा नियुक्त यी नवनियुक्त सदस्यहरू आफ्नो क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सक्रियता र उद्यमशीलता प्रवर्द्धनमा निरन्तर सक्रिय रहेका व्यक्तित्वका रूपमा चिनिन्छन्।

सपथ ग्रहण कार्यक्रममा नवनियुक्त सदस्यहरूले आगामी दिनमा युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन, युवा–मैत्री नीति निर्माण र विभिन्न सामाजिक कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

परिषद्ले नयाँ सदस्यहरूको नियुक्ति पश्चात युवा नेतृत्वको विकासमा थप गति आउने अपेक्षा राखेको छ। यस अवसरमा परिषद्का वरिष्ठ पदाधिकारीहरू, कर्मचारी र युवा प्रतिनिधिहरू उपस्थित थिए। नवनियुक्त सदस्यहरूले आफ्नो अनुभव र नेतृत्व क्षमता प्रयोग गर्दै राष्ट्रिय स्तरमा युवाहरूको सहभागिता बढाउने योजना बनाउने बताएका छन्।