नेकपा एमाले बैतडीले दामोदर भण्डारीलाई प्रतिनिधि सभाको एकल उम्मेदवार सिफारिस

Image
Nisarga Hospital

बैतडी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले बैतडीले केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

CP Hospital Dhangadhi

आइतबार बसेको जिल्ला कमिटीको बैठकले भण्डारीको नाममा पूर्ण सहमति जनाएको नेकपा एमाले जिल्ला बैतडीका सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिए। पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी यसअघि २०७० सालको संविधानसभा, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बैतडीबाट निर्वाचित भइसकेका छन्।

Attariya Hospital

उनको निरन्तर जनसमर्थन र समृद्ध राजनीतिक अनुभवका आधारमा पार्टीले चौथोपटक पनि भरोसा व्यक्त गरेको छ। यस सिफारिससँगै एमालेले प्रतिनिधिसभा निर्वाचनमा बलियो उम्मेदवार प्रस्तुत गर्दै निर्वाचन तयारीलाई गति दिएको बताइएको छ।

nawajiwan