बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलः संघर्ष स्पोर्टस क्लब गोदावरी लगातार दोश्रो जीतका साथ सेमिफाइनलमा

Image
Nisarga Hospital

धनगढीमा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा संघर्ष स्पोर्टस क्लब गोदावरीको लगातार दोश्रो जीत निकालेको छ । धनगढी रंगशालामा सोमबार सम्पन्न खेलमा बसर युवा क्लब चुरे विरुद्ध २६ – ० गोल अन्तरको ऐतिहासिक जित निकाल्दै संघर्ष स्पोर्टस क्लब गोदावरी सेमिफाइनल प्रवेश गरेको छ ।

CP Hospital Dhangadhi

उस्ले पहिलो खेलमा संघर्ष स्पोर्टस क्लब गोदावरीले भजनी क्बल भजनीलाई १२–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा उत्कृष्ट सुरुवात गरेको थियो ।

संघर्ष स्पोर्टस क्लब गोदावरीको जितमा रोहित आउजी आजपनि नायक बने । पहिलो खेलमा भजनी क्बल भजनी विरुद्ध ह्याट्रिक सहित ५गोल गरेका रोहितले आज बसर युवा क्लब विरुद्ध चौबल ह्याट्रिक अर्थात १२ गोल गरे । पहिलो हाफमा ५ गोल गरेका रोहितले दोश्रो हाफमा थप ७ गोल थपे । उनी म्यान अफ दी म्याच पनि चुनिए । प्रतियोगीताका दुई खेलमा रोहितले व्यक्तिगत १७ गोल गरेका छन ।

त्यस्तै संदिप खत्रीले ह्याट्रिक सहित ४ गोल गरे भने प्रकाश सिंह र आकाश शाहीले समान दुई – दई गोल गरे ।

तुलनात्मक रुपमा कमजोर देखिएको बसर युवा क्लब चुरेले कुनैपनि गोल गर्न सकेन । बसर युवा क्लब चुरले कैलाली जिल्ला फुटबल संघले आयोजना गरेको पहिलो आधिकारिक प्रतियोगीता खेलेको थियो ।

त्यस्तै गौरीगंगा स्पोटर्स क्लब पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । पहिलो खेल बाइ पाएको गौरीगंगा ११ स्पोटर्स क्लबले दोश्रो खेलमा युथ अफ टिकापुरलाई ३ – १ गोल अन्तरले पराजित गर्दै आइतबार सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगीताको सातौं खेलमा मंगलबार फारवेष्ट पशुपति क्लब धनगढीका विरुद्ध बागमारा स्पोटर्स क्लब लम्की खेल्दैछ ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन्।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।