जयपृथ्वी नगरपालिकाद्वारा महिलालाई उद्यमसँग जोड्ने उद्देश्यले ७ दिने अचार बनाउने तालिम सम्पन्न

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङः महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले जयपृथ्वी नगरपालिकाले ७ दिने अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको महिला विकास शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा वडा नं. १ देखि ११ सम्मका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिममार्फत महिलाहरूलाई विभिन्न किसिमका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको महिला विकास शाखा अध्यक्ष रमा जोशीले जानकारी दिनुभयो।

nawajiwan

अध्यक्ष जोशीका अनुसार तालिमको मुख्य उद्देश्य महिलाहरूलाई स्वरोजगार तथा आयआर्जनसँग जोड्दै आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ। “महिलाले घरमै बसेर पनि उद्यम गर्न सक्ने सीप सिकुन् भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

Attariya Hospital

तालिम अवधिभर सहभागी महिलाहरूलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी गुणस्तरीय अचार उत्पादन, प्याकेजिङ, भण्डारण तथा बजार व्यवस्थापनका बारेमा समेत जानकारी दिइएको थियो। तालिमबाट प्राप्त सीपले महिलाहरूलाई भविष्यमा साना उद्यम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उक्त तालिम कार्यक्रम आज औपचारिक रूपमा सम्पन्न भएको हो। सहभागी महिलाहरूले यस्ता सीपमूलक तालिमले आफूहरूलाई आत्मविश्वासी बनाएको र आगामी दिनमा व्यवसायिक रूपमा अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

जयपृथ्वी नगरपालिकाले आगामी दिनमा पनि महिलामैत्री तथा उद्यमशीलता प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।समापन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, उप–नगरप्रमुख रतन बहादुर सिंह, प्रमुख प्रशासकीय अधिकृतलगायत नगरपालिकाका अन्य पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले महिलालाई सीप र उद्यमसँग जोड्ने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।