डडेल्धुरा अस्पताल अध्यक्षमाथि कालोमसो, भ्रष्टाचार आरोपमा युवा संगठनको विरोध

Image
Nisarga Hospital

नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि कालोमसो दलेको छ। संगठनका नेताहरूले भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै अध्यक्ष ओझाको कार्यकक्षमै पुगेर विरोध जनाएका हुन्।

CP Hospital Dhangadhi

संगठनले अस्पताल सञ्चालनमा गम्भीर अनियमितता, आर्थिक चलखेल र राजनीतिक हस्तक्षेप भइरहेको दाबी गरेको छ। कम्युनिस्ट युवा संगठन डडेल्धुराका जिल्ला अध्यक्ष सहबीरद्वारा हस्ताक्षरित विज्ञप्तिमा अध्यक्ष ओझाले स्वास्थ्य उपकरण खरिदमा कमिसनका लागि अनावश्यक प्रक्रिया अघि बढाएको, योग्य जनशक्ति भर्ना नगरी आर्थिक लेनदेनका आधारमा कर्मचारी नियुक्ति गरेको आरोप लगाइएको छ।

Attariya Hospital

त्यस्तै, अस्पताललाई अव्यवस्थित बनाउँदै आय–व्यय विवरण सार्वजनिक नगरेको, सार्वजनिक सुनुवाइ नगरेको तथा सेवा र निर्माणका काममा आफ्ना आसेपासेलाई ठेक्का दिएको आरोप पनि संगठनले लगाएको छ। औषधि र उपकरण खरिदमा गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिएको भन्दै संगठनले छानबिन र कारबाहीको माग गरेको छ।

nawajiwan