अत्तरियाको डीडीसी कार्यालय स्थानान्तरण विवादबीच अत्तरिया वडा कार्यालयको ताला खुल्यो

Image
oplus_0
Nisarga Hospital

अत्तरिया:कैलालीको गोदावरी नगरपालिका–१ स्थित वडा कार्यालयमा लगाइएको ताला आज बिहान खोलिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेती तथा नगर प्रहरीको सहयोगमा ताला खोलिएको हो। डीडीसी (दुग्ध बिकास संस्थान) अत्तरियाबाट धनगढी सार्ने प्रक्रिया अघि बढेपछि स्थानीयस्तरमा चर्किएको विरोधका कारण पुस १४ गते संघर्ष समिति र स्थानीयवासीले डीडीसी कार्यालयसँगै १,नं वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

CP Hospital Dhangadhi

oplus_0

लामो समयदेखि डीडीसी अत्तरियाबाट अन्यत्र सार्न नहुने मागसहित आन्दोलनरत संघर्ष समितिले भने ताला एकतर्फी रूपमा खोलिएको दाबी गरेको छ। समितिका अनुसार सरोकारवालासँग पर्याप्त छलफल र सहमति बिना प्रशासनिक बलको प्रयोग गरी तालाबन्दी खोलिनु आपत्तिजनक हो।
oplus_0

उता, प्रशासनले भने सार्वजनिक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले सुरक्षा निकायको सहयोगमा ताला खोलिएको बताएको छ। तालाबन्दी खुलेसँगै वडा कार्यालयको नियमित सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ। यद्यपि, डीडीसी स्थानान्तरणसम्बन्धी विवाद समाधानका लागि वार्ता र सहमतिमा पुग्नुपर्ने आवाज स्थानीय तहमा अझै बलियो देखिएको छ।