धनगढी उपमहानगरद्वारा दलित छात्रालाई ‘टीकाराम पार्की छात्रवृत्ति’ हस्तान्तरण

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाले (कक्षा ११ र १२) तथा स्नातक तहमा अध्ययनरत दलित समुदायका छात्राहरूलाई लक्षित गरी सञ्चालन गरिएको दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति हस्तान्तरण गरेको छ ।

CP Hospital Dhangadhi

आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम अनुसार माध्यमिक तह (कक्षा ११ र १२) तथा स्नातक तहमा अध्ययनरत दलित समुदायका छात्राहरूलाई लक्षित गरी सञ्चालन गरिएको दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम अन्तर्गत बिहीवार विभिन्न विद्यार्थीलाई कलेज तथा विद्यालय शुल्क हस्तान्तरण गरिएको हो । उप–प्रमुख कन्दकलाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगायतले विद्यार्थीहरूलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

nawajiwan

नगर शिक्षा समितिको उपस्थितिमा अभिभावक सहित आयोजित कार्यक्रममा शिक्षा, विज्ञान, कृषि तथा कानुन संकायमा अध्ययनरत दलित छात्राहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । छात्रवृत्ति पाउने विद्यार्थीहरूमा शिक्षा संकायमा स्नातक तहमा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत धनगढी–७ निवासी मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क प्रदान गरिएको छ ।

त्यसैगरी, फूलवारी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत धनगढी–१८ फुलवारी निवासी सीमा विकलाई पहिलो वर्षको शुल्क, चन्द्रोदय माध्यमिक विद्यालय फूलवारीमा कक्षा ११ मा अध्ययनरत धनगढी–१८ निवासी विसिका सुनारलाई एक वर्षको शुल्क तथा कृषि विषयतर्फ शारदा माध्यमिक विद्यालयमा प्राविधिक धारमा अध्ययनरत धनगढी–९ निवासी आशिकाकुमारी पार्कीलाई पनि एक वर्षको शुल्क हस्तान्तरण गरिएको छ ।

Attariya Hospital

उक्त कार्यक्रममा नगरपालिकाले दलित समुदायका छात्राहरूको शैक्षिक पहुँच विस्तार र उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको स्नातक तहसम्मको अध्ययन पूरा गर्न लाग्ने कलेज शुल्क धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउने व्यवस्था रहेको जानकारी पनि दिइएको छ ।

छात्रवृत्ति योजना अन्तर्गत शारदा माध्यमिक विद्यालयमा कृषि विषयमा डिप्लोमा गरिरहेकी छात्रा आशिकाकुमारी पार्कीलाई एक वर्षको शुल्क वापतको ६२ हजार पाँच सय, फूलवारी बहुमुखी क्याम्पसमा अध्ययनरत सीमा विकलाई पहिलो वर्षको शुल्कका लागि २३ हजार ५० रुपैयाँ, चन्द्रोदय माध्यमिक विद्यालय फूलवारीमा कक्षा ११ मा अध्ययनरत विसिका सुनारलाई एक वर्षको शुल्क ७ हजार ५७५ तथा कैलाली बहुमुखी क्याम्पस मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क ७ हजार २५० रुपैयाँ हस्तान्तरण गरिसएको हो ।

धनगढी उपमहानगरपालिकाले कक्षा ८, ९ र १० मा अध्ययनरत धनगढीका सबै सामुदायिक विद्यालयका दलित छात्राहरूलाई यसअघि जुठे दमाई छात्रवृति योजनाअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।

जुठे दमाई छात्रवृति योजना अन्तर्गत धनगढीका ५७६ जना दलित छात्रालाई विद्यालयमै पुगेर शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।