थारू समुदाय माघीको तयारीमा व्यस्त, गाउँ–घरमा उत्सवको रौनक

Image
Nisarga Hospital

धनगढी : तराईको थारू समुदाय आफ्नो सबैभन्दा ठूलो पर्व माघ (माघी) को भव्य तयारीमा जुटेको छ। माघ नजिकिँदै जाँदा गाउँ–घरमा सामाजामा जुट्ने, कुटानी–पिसानी गर्ने, दाउरा सङ्कलन गर्ने र पातका दुनाटपरी बनाउने काम तीव्र बनेको छ। माघ पर्व थारू समुदायका लागि नयाँ वर्षको सुरुआतसमेत भएकाले यसको विशेष सांस्कृतिक महत्त्व रहेको छ।

CP Hospital Dhangadhi

पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म तीन दिनसम्म मनाइने माघीलाई हर्षोल्लासका साथ मनाउन प्रत्येक परिवारले आ–आफ्नो तयारी गरिरहेका छन्। यस पर्वमा ढिक्री र बङ्गुरको मासु प्रमुख परिकारका रूपमा खाने चलन छ। त्यसका लागि बङ्गुरको मासु भाग लगाउने सूची पहिल्यै तयार पार्ने परम्परा छ। धनगढी उपमहानगरपालिका–९, बङ्गराका दिनेश चौधरीका अनुसार माघका परिकार तयार गर्न कुटानी–पिसानीको काम तीव्र छ भने मासु व्यवस्थापनका लागि बैठक बस्ने तयारी भइरहेको छ।

Attariya Hospital

माघमा जाँरको झोल पिउने चलन पनि रहेको छ, जसको तयारी महिनौँ अघिदेखि सुरु हुन्छ। कैलारी गाउँपालिका–७ का कमलप्रसाद चौधरीले माघी, विवाह र अन्य चाडपर्वका लागि दाउरा सङ्कलन तथा बजार किनमेल सुरु भइसकेको बताए।

nawajiwan

माघ पर्वको पहिलो दिन खानपान र धमार–ढुमरु गीतसहित रमाइलो गरिन्छ। दोस्रो दिन स्नान गरी ज्येष्ठको आशीर्वाद लिने र तेस्रो दिन ‘माघी डेवानी’ गर्दै पर्वको समापन गरिने चलन छ।