दलित छात्रालाई उच्च शिक्षामा सशक्त बनाउँदै धनगढी उपमहानगरपालिका

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाले दलित समुदायका छात्राहरूलाई शिक्षा क्षेत्रमा सशक्त बनाउन महत्वपूर्ण पहल थालेको छ। आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम मार्फत माध्यमिक तह (कक्षा ११–१२) तथा स्नातक तहमा शिक्षा, विज्ञान, कृषि र कानुन संकायमा अध्ययनरत दलित छात्राहरूलाई कलेज शुल्क उपलब्ध गराइएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए।

CP Hospital Dhangadhi

नगरप्रमुख हमालका अनुसार यस कार्यक्रमले दलित समुदायका छोरीहरूलाई उच्च शिक्षासम्म पहुँच सुनिश्चित गर्दै सामाजिक समावेशीकरण र समानताको प्रवर्द्धनमा ठोस योगदान पुर्‍याइरहेको छ। चालु वर्ष नगर शिक्षा समितिको उपस्थितिमा अभिभावकसहित छात्राहरूलाई शुल्क हस्तान्तरण गरिएको हो।

Attariya Hospital

छात्रवृत्ति प्राप्त गर्ने छात्राहरूमा
मनिषा कुमारी सार्की (धनगढी–७) कैलाली बहुमुखी क्याम्पसमा शिक्षा संकाय स्नातक तह,
सीमा विक (धनगढी–१८, फुलवारी) फुलवारी बहुमुखी क्याम्पसमा स्नातक तह,
विसिका सुनार (धनगढी–१८) चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ११,
आशिका कुमारी पार्की (धनगढी–९) शारदा माध्यमिक विद्यालयमा प्राविधिक धार (कृषि) अध्ययनरत छन्।

nawajiwan

यी छात्राहरूको स्नातक तहसम्मको सम्पूर्ण अध्ययन अवधिभर कलेज शुल्क उपमहानगरपालिकाले बेहोर्ने व्यवस्था गरिएको छ। दलित अभियन्ता टीकाराम पार्कीको नाममा सञ्चालित यो छात्रवृत्तिले अन्य स्थानीय तहहरूलाई पनि समावेशी शिक्षामा प्रेरणा दिने विश्वास लिइएको छ।