
अत्तरियाः नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एसोसिएशन कञ्चनपुरका अध्यक्ष धर्मराज जोशीलाई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद, त्रिपुरेश्वर, काठमाडौंले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य पदमा मनोनित गरेको छ।

धर्मराज जोशी विगत २० वर्षदेखि पशु स्वास्थ्य क्षेत्रमा सक्रिय छन् र यस क्षेत्रमा आफ्नो योगदान र अनुभवका कारण व्यवसायी समुदायमा सम्मानित छन्। उनको नेतृत्व र प्रतिबद्धताले सम्पूर्ण पशु स्वास्थ्य व्यवसायीहरूका पेशागत हकहितको सुरक्षा र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ।

यस महत्वपूर्ण उपलब्धिको अवसरमा सम्पूर्ण व्यवसायी साथीहरूले जोशीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै, उनको योगदानलाई सराहना गरेका छन्।

धर्मराज जोशीको मनोनयनले पशु स्वास्थ्य क्षेत्रमा अझ व्यवस्थित, पेशागत र अन्तर्राष्ट्रिय स्तरमा सशक्त नेतृत्वको सुरुआत भएको मानिन्छ।































