
अत्तरियामा आयोजना भइरहेको करियर स्टेशन पि.एफ.ए. भेन्ट्रान्स कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली (पुस २६) हुने भएको छ। प्रतियोगिताको सातौँ संस्करणमा अनुपमा अलराउण्डर र कैनोडा लायन्सबीच रोमाञ्चक भिडन्त हुने आयोजकले जानकारी दिएको छ।

फाइनल खेल सशस्त्र प्रहरी बल खेल मैदान, अत्तरियामा दिउँसो १ बजे शुरू हुनेछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने टोली विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रत्यक्ष प्रसारण बीटिभी नेटवर्क र पि.एफ.ए. स्पोर्ट्स क्लबको फेसबुक पेज मार्फत हेर्न सकिनेछ। प्रतियोगिताको मुख्य प्रायोजक करियर स्टेशन एजुकेशन सर्भिस प्रा.लि. रहेको छ।

पुस १५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्थानीय खेलाडीहरूबीच उच्च स्तरको प्रतिस्पर्धा देखिएको छ। दर्शकहरूले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन र प्रतिस्पर्धाको मजा लिन सक्ने अवसर पाउने आयोजकको भनाइ छ।































