डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठो’क्कि’ए, दुई जनाको मृ’त्यु

Image
Nisarga Hospital

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा भएको सवारी दु’र्घ’टनामा दुई जनाको मृ’त्यु भएको छ।
शनिबार साँझ करिब ६ः३० बजे जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठो’क्किँ’दामा दुई जनाको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

मृ’त्यु हुनेमा मोटरसाइकल चालक परशुराम–१२ पन्तुराका २७ वर्षीय नवीन साउँ र पछाडि सवार परशुराम–६ तातापानी घर भई हाल परशुराम–१२ जोगबुढा बस्दै आएका ३५ वर्षीय मानबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार से २ त १४७४ नम्बरको ट्र्याक्टर र म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठो’क्कि’एका हुन्। ट्र्याक्टर डडेल्धुराको सतघाट घर भई हाल परशुराम नगरपालिका क्षेत्रमा बस्दै आएका ३२ वर्षीय सुरेश भट्टले चलाइरहेका थिए।

nawajiwan

घाइते दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि साँझ करिब ७ः२० बजे चिकित्सकले दुवैजनालाई मृ’त घो’ष’णा गरेका हुन्।

Attariya Hospital

दु’र्घ’टनापछि ट्र्याक्टर चालक भट्ट फ’रा’र रहेको र ट्र्याक्टर तथा मोटरसाइकल घ’टना’स्थलमै रहेको प्रहरीले जनाएको छ। फ’रा’र चालकको खोजतलास भइरहेको छ।

घ’ट’नाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा आठ जनाको प्रहरी टोली घ’ट’ना’स्थलमा ख’टि’एको थियो।

दु’र्घट’नास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट करिब आठ किलोमिटर दक्षिणमा पर्ने प्रहरीले जनाएको छ। घ’ट’नाबारे थप अनुसन्धान भइरहेको छ।