
कैलाली क्षेत्र नम्बर ४ बाट उज्यालो नेपाल पार्टीले सुभाष कुँवरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीका केन्द्रीय सदस्य मनोज लुहारले उम्मेदवार चयनको औपचारिक घोषणा गरे।

गौरीगंगा नगरपालिका निवासी कुँवर २०७९ सालको स्थानीय तहको चुनावमा राप्रपाबाट मेयरका लागि प्रतिस्पर्धा गरिसकेका छन्। उनी सामाजिक विकृति, भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउँदै आएका छन्।
कैलाली–४ मा एमालेले लेखराज भट्टलाई एकल रूपमा सिफारिस गरेको छ भने कांग्रेसले प्रतिनिधि सभा सदस्य रहेकाहरू सहित ७ जनाको नाम सिफारिस गरेको छ। नेकपाले दीर्घ सोडारी, कृष्णराज सुवेदी लगायत ९ जनालाई सिफारिस गरेको छ। रास्वपाबाट पनि उम्मेदवारहरू देखा परेका छन्, तर आधिकारिक रूपमा नाम सिफारिस भने गरिएको छैन।
सुभाष कुँवरको उम्मेदवारीले कैलाली–४ को चुनावी प्रतिस्पर्धामा नयाँ र सक्रिय सामाजिक नेतृत्वको प्रवेश गराएको छ, जसले मतदातामा उत्सुकता र चासो बढाएको छ।






























