
शिक्षण पेशा नेपालमा अत्यन्तै सम्मानित र जिम्मेवार पेशाका रूपमा लिइन्छ। शिक्षकहरू ज्ञानका स्रोत मात्र होइनन्, समाजका नैतिक मार्गदर्शक पनि हुन्। तर अपेसगत देखिने कु देखिने अव्यावसायिक व्यवहार, विशेष गरी बिचारहिन कुरा गर्ने प्रवृत्तिमा तल्लिन तथा संलग्न हुने अभ्यासले शिक्षण संस्थाको गरिमा र गुणस्तरमा गम्भीर असर पारिरहेको छ। तेसैले गर्दा यस विषयलाई सम्बोधन गर्नु नेपालको शैक्षिक प्रणालीका लागि अत्यन्त सान्दर्भिक छ।

सकरात्म सोच नगर्ने शिक्षकहरुले विद्यालयको कार्य वातावरणलाई नकारात्मक बनाउँछन्। यसले सहकार्य, आपसी विश्वास र सहिष्णुतालाई कमजोर बनाइ ज्ञान बृदिमा कम्जोर र असमझदारी सिर्जना गर्छ। सीमित स्रोतसाधनका बीच सहकार्यमा चल्नुपर्ने नेपालका विद्यालयहरूमा यस्तो व्यवहारले संस्थागत प्रभावकारिता घटाएको महसुस गरेको छु । अर्को महत्तवपुर्ण कुरा के छ भने, व्यक्तिगत फाइदाका लागि सबैसंग ठिक्क हुने प्रवृत्तिले योग्यता र परिश्रममा गम्भीर असर पुगेको छ । अवसर नजिकका आधारमा वितरण हुँदा सक्षम र इमानदार शिक्षक निरुत्साहित हुदै गहिरहेका छन् । यसले पेशागत नैतिकता र समानताको मूल्यमा गम्भीरतापुर्बक सोच्नुपर्ने देखिन्छ ।
अर्को कुरा के लाग्छ भने अव्यावसायिक शिक्षकको व्यवहारले प्रत्यक्ष प्रभाव विद्यार्थीहरूमा पार्छ । शिक्षक विद्यार्थीका लागि आदर्श व्यक्तित्व हुन्। जब विद्यार्थीहरूले शिक्षकहरूबीच, नकारात्मक चर्चा र पक्षपात देख्छन्, त्यसले उनीहरूको चरित्र विकास, अनुशासन र नैतिक मूल्यमा नकारात्मक असर पार्छ। अतः नेपालमा शिक्षण पेशाको गरिमा जोगाउन, शैक्षिक गुणस्तर सुधार गर्न र असल बानी संस्थागत विकास गर्न सबै संग हो र बाहिर होइन खतमहो, राम्रो होइन भन्ने बानीले संलग्न अव्यावसायिक शिक्षक व्यवहारलाई समयमै पाठ सिकाउनु अत्यन्त आवश्यक छ। यसका लागि स्पष्ट नैतिक शिक्षा, निरन्तर पेशागत विकास तथा पारदर्शी नेतृत्व अति नै आवश्यक छ!
हामीले नम्रता र आत्म सत्कारको बिचारमा पर्ने स्थानमा, पद उच्च मात्र होइन, सामाजिक सुरक्षा बचाउन प्रशंसा फ्ल्याटरी तर्फ झुक्ने प्रवृत्ति देखिन्छ, तर यो गर्ने भनेकै गलत प्रबृत्तिका बिचारकले । नेपालजस्तो बहुभाषिक, बहुजातिक र बहुसांस्कृतिक समाजमा जहाँ पद र प्रतिष्ठाले मात्र ठूलो हु भन्ने महत्त्व राख्दैन तर इज्जत र प्रतिष्ठालाई निरन्तर कायम राख्न एउटा असल Knowledgeable Resource शिक्षक बन्न आवस्यक छ! दबाब धेरै ठाउहरूबाट आउँछ कोशिश, कमजोरी तथा संस्थागत अस्थिरता भएका व्यक्तिहरूले आफ्नो उच्च स्थान बचाउन आफूप्रति सकारात्मक धारणा बनाउने र अरूलाई नराम्रो बनाउने निर्णयकर्ताहरूसँग अनुकूलता देखाउने उदेश्यले आफुलाई मात्र प्रशंसा प्रयोग गर्दै आइरहेका छन्। यस्ता व्यवहारले व्यक्तिगत आत्मसम्मानमा क्षति पुर्याउनका साथै संगठनमा इमानदारीपूर्ण संवाद, आलोचनात्मक सुझाव र नीतिगत रचनात्मकता कम हुन सक्छ। साथै, शक्ति सम्बन्धमा असन्तुलन र पारदर्शिताको कमीले यस्तो प्रवृत्तिलाई बल पुग्न सक्छ; त्यसैले दीगो संस्थागत सुधार, पारदर्शिता र पेशागत मूल्यहरूको प्रवर्द्धनले मात्र सक्दो रूपमा यस्तो अनावश्यक तुष्टिकरण घटाउन सहयोग पुर्याउनसक्छ ।
✍️नर बहादुर बिस्ट
दिपायल सिलगढी नगरपालिका ७, डोटी
MPhil. ELE, Kathmandu University, Nepal






























