बैतडीको पाटनमा जिप दु’र्घटना अ’पडे’ट: उपचारका क्रममा थप एकको मृ’त्यु, मृ’तक संख्या चार पुग्यो

Image
Nisarga Hospital

अत्तरिया : बैतडीको पाटन नगरपालिका–८ विजयपुर (साडीघाटी) नजिक भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। जयपृथ्वी राजमार्गअन्तर्गत सोमबार बिहान भएको दुर्घटनामा घाइते सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐरको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए।

CP Hospital Dhangadhi

मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान करिब ११ बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा सिगास–१ का २४ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा सिगास–१ की १९ वर्षीया बिमला ऐर, ४ वर्षीया प्रन्सा ऐर, दुधिलाखानका २८ वर्षीय चालक गणेश विष्ट, पाटन नगरपालिका–८ की २५ वर्षीया कमला विष्ट, सिगास–१ की २५ वर्षीया लालमणि बोहरा र आलिताल–३ का ३२ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन्। सबै घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।