लम्कीचुहाका भूपेन्द्र बडुवाल ह!त्या प्रकरणमा १३ जनालाई ज’न्मकै’द, ७ जना सफाइ

Image
Nisarga Hospital

कैलालीको लम्कीचुहा नगरपालिका–१ निवासी भूपेन्द्र बडुवालको हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले १३ जनालाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई जीवित रहेसम्म (आजीवन) जन्मकैदको फैसला गरेको हो।

CP Hospital Dhangadhi

अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार नवीन रावल, आर्यान देवकोटा, रोशनबहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम आजीवन जन्मकैद सजाय ठहर गरिएको छ।

त्यस्तै, मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई दफा १७७(१) बमोजिम जन्मकैद सुनाइएको छ। साथै, लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई पनि अभियोग दाबी बमोजिम जन्मकैदको सजाय ठहर भएको छ।

nawajiwan
Attariya Hospital

अदालतले अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको छ। सुरूदेखि फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ।

यस प्रकरणमा दोषी ठहर भएका १३ जनाले संयुक्त रूपमा पीडितलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीका आधारमा दिनुपर्ने आदेश अदालतले दिएको छ। साथै, कानुन बमोजिम जनही दुई हजार आठ सय रुपैयाँका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ।

भूपेन्द्र बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो। उक्त घटनामा २०७८ फागुन २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो।