अत्तरियाको सत्यबती एकेडमीद्वारा रोस्यारा र भण्डारीलाई सम्मानित, पत्रकारिता र साहित्य क्षेत्रमा योगदानको कदर

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित सत्यबती एकेडमीले वरिष्ठ पत्रकार गोबिन्द राज रोस्यारा र वरिष्ठ साहित्यकार निर्मलकुमार भण्डारीलाई सम्मान गरेको छ। आइतबार विद्यालयले आयोजना गरेको अभिभावक दिवस तथा दोस्रो चरणको वार्षिकोत्सवको अवसरमा उनीहरूलाई विशेष समारोहमा सम्मान गरिएको हो।

CP Hospital Dhangadhi

रोस्यारालाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको आधारमा सम्मान गरियो भने भण्डारीलाई साहित्य क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मान प्रदान गरिएको थियो। विद्यालयका प्राचार्य यशोदा ध्याडी कडायतले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूलाई विद्यालयले आगामी दिनमा पनि निरन्तर सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

Attariya Hospital

उक्त कार्यक्रमले पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूको कदर गर्दै नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको थियो। रोस्यारा र भण्डारी दुवैले समाज र साङ्गीतिक–साहित्यिक क्षेत्रमा गरेको योगदानले स्थानीय समाजमा महत्वपूर्ण प्रभाव पारेको उल्लेख गरिएको छ।

nawajiwan