प्रतिनिधिसभा निर्वाचन कैलाली क्षेत्र नं. ४ मा उम्मेदवारी मनोनयनका लागि दलगत समयतालिका सार्वजनिक

Image
Nisarga Hospital

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का लागि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ६ गते मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्णयसहित दलगत समय निर्धारण गरेको हो।

CP Hospital Dhangadhi

कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजे श्रम संस्कृति पार्टीले मनोनयन दर्ता गर्नेछ। साढे १० बजे नेशनल रिपब्लिकन नेपाल, ११ बजे मितेरी पार्टी नेपाल, साढे ११ बजे नेपाल मजदुर किसान पार्टी, १२ बजे नेपाल कम्युनिष्ट पार्टी र साढे १२ बजे उज्यालो नेपाल पार्टीको समय तोकिएको छ। यस्तै, १ बजे राष्ट्रिय जनमोर्चा, सवा १ बजे नागरिक उन्मुक्ति पार्टी नेपाल, साढे १ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, २ बजे नेकपा एमाले, साढे २ बजे नेपाल मानवतावादी पार्टी, ३ बजे नेकपा माओवादी, साढे ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टी र ४ बजे नेपाली कांग्रेसले उम्मेदवारी मनोनयन दर्ता गर्नेछन्।

Attariya Hospital

निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले मनोनयन प्रक्रिया व्यवस्थित र सहज बनाउन समयतालिका सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार मनोनयन दर्ता बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिनेछ।

nawajiwan