
निसर्ग हस्पिटल र किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबीच मंगलबार उपचारमा छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान सहकारीका महाप्रवन्धक डम्बर बहादुर शाहले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यस सम्झौताअनुसार किसान सहकारीका शेयर सदस्यहरुले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारमा छुट पाउने भएका छन्। शेयर सदस्यले आफ्नो परिचयपत्र प्रस्तुत गर्दा विभिन्न सेवा र उपचारमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
किसान सहकारी सुदुरपश्चिमका नौ जिल्लामा सेवा केन्द्र राखेको र ९३ हजार भन्दा बढी शेयर सदस्य रहेको संस्था हो। निसर्ग हस्पिटल भने सुदुरपश्चिममै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको स्तरीय स्वास्थ्य सेवा संस्था हो।
किसान सहकारीका प्रतिनिधि दीपक ढुङ्गानाका अनुसार, शेयर सदस्यले जर्नल बेडमा १५%, क्याबिनमा १०%, आईसियु र एनआईसियु बेडमा १२.५% छुट पाउनेछन्। त्यस्तै, जर्नल, सर्जरी, अर्थोपेडिक, गाइनोलोजी, ल्याप्रोस्कोपीमा १०% छुट, पेथोलोजी टेस्टमा २०%, भिडियो एक्सरे, एक्सरे, ईसिजी, ईको, टीएमटी, इन्डोस्कोपीमा १०% छुट र मेडिसिन उपचारमा ५% छुट पाउने व्यवस्था गरिएको छ।
दोस्रो पक्षले आफ्ना बिरामी शेयर सदस्यलाई पहिलो पक्ष समक्ष उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ ।
सो अवसरमा किसान सहकारीका महाप्रवन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाइृ जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए ।
सो सम्झौताले सामाजिक सेवामा योगदान पुर्याउने र किसान सहकारीका शेयर सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउने अपेक्षा गरिएको छ।































