कैलाली–४ प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका गोकर्ण भट्टलाई चुनावी रणनीति प्रमुखको जिम्मेवारी

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–४ प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै चुनावी जिम्मेवारी बाँडफाँड सुरु गरेको छ। पार्टीको क्षेत्रीय निर्वाचन समितिले गोकर्ण भट्टलाई “योजना तथा रणनीति सल्लाहकार प्रमुख” को जिम्मेवारी दिएको छ।

CP Hospital Dhangadhi

२०८२ माघ ९ गते बसेको निर्वाचन समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै भट्टलाई जिम्मेवारी तोकेको पत्रमार्फत जानकारी गराइएको हो। पत्रमा उल्लेख छ कि गोकर्ण भट्टले पार्टीको चुनावी अभियान प्रभावकारी बनाउन संगठनात्मक तथा रणनीतिक गतिविधि समन्वय गर्ने काम सम्हाल्नेछन्।

Attariya Hospital

पार्टीले कैलाली–४ मा निर्वाचन तयारीलाई चुस्त बनाउन, मतदाता पहुँच, प्रचार-प्रसार र क्षेत्रीय योजना समन्वयमा भट्टको अनुभव र नेतृत्व क्षमतामा भरोसा गरेको जनाएको छ। यस निर्णयले रास्वपाको निर्वाचन तयारीलाई थप गति दिने विश्वास गरिएको छ।

nawajiwan