बैतडीमा चुनावी आचारसंहिता पालनाको जोड, शिक्षक/कर्मचारीलाई सचेत गराइयो

Image
Nisarga Hospital

बैतडी : आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालय बैतडीले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सबैलाई आग्रह गरेको छ। राजनीतिक दल र उम्मेदवारहरुको प्रचारप्रसार चलिरहेकै बेला शिक्षक र सरकारी कर्मचारीहरुको राजनीतिक गतिविधिमा संलग्न हुने सूचना प्राप्त भएको भन्दै त्यसो नगर्न प्रमुख खगेन्द्र भारतीले आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार, शिक्षक/कर्मचारीले राजनीतिक दलको प्रचारमा सहभागी हुने, सामाजिक सञ्जालमा राजनीतिक बहस, फोटो वा भिडियो पोस्ट गर्ने, लाइक/कमेण्ट गर्ने कार्य आचारसंहिताको उल्लंघन हुनेछन्। उल्लंघन भए कानुन बमोजिम कारवाही हुने पनि उनले बताए।

हाल बैतडीमा उम्मेदवारहरूले घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। जिल्लामा स्वतन्त्रसहित ११ उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा (एमाले) बाट पूर्व उद्योग मन्त्री दामोदर भण्डारी, नेपाली कांग्रेसबाट क्रिकेट संघ अध्यक्ष चतुरबहादुर चन्द, नेकपा (कम्युनिस्ट) बाट पूर्व जिल्ला सभापति परमानन्द भट्ट, र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द प्रमुख उम्मेदवार रहेका छन्।

यस्तै माओवादीबाट रामसिंह कुँवर, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी, मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त पनि चुनावी प्रतिस्पर्धामा छन्।