
अत्तरियाः देशभर चुनावी रौनक बढिरहेको बेला सुदूरपश्चिमको अछाम क्षेत्र न. २, विशेषगरी ढकारी गाउँपालिका, का युवाहरू काठमाडौंमा जुरमुराएका छन्। उच्च शिक्षा हासिल गर्न संघीय राजधानीमा बस्दै आएका ढकारीका सयौं युवाहरू मध्ये केही बिदेश पलायनका तयारीमा छन् भने कोही देशमा नै केही गरौं भन्दै चुनाव कुर्दै बसेका छन । उनीहरूको उद्देश्य आउँदो चुनावमा सक्षम र प्रभावकारी उम्मेदवारको जित सुनिश्चित गर्दै गाउँ–बस्तीका समस्या समाधान गर्ने एजेण्डा अघि बढाउनु रहेको छ।

ढकारी गाउँपालिका युवा समन्वय तथा विकास प्रवर्द्धन अभियानअन्तर्गत माघ २० गते बिहान करिब ११ बजे त्रिभुवन विश्वविद्यालय (TU) प्राङ्गणमा दोस्रो समिति गठन भेला बस्ने निर्णय भएको छ। कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने ढकारीका युवाहरूलाई उपस्थिति जनाउन विनम्र अनुरोध गरिएको छ। यस भेला युवाहरूले गाउँका समस्याहरू कसरी समाधान गर्ने र उनीहरूको भूमिका के हुने भन्ने औपचारिक छलफल गर्नेछन्।


काठमाडौंमा रहेका ढकारीका युवाहरूको भोगाइ बुझ्नु र चुनावी रणनीतिसँग जोड्दै योग्य उम्मेदवारको समर्थन सुनिश्चित गर्नु हो। आगामी योजना अनुसार प्रत्येक वडामा युवा समिति गठन गरिनेछ। यी समितिहरूले सामूहिक छलफल, सुझाव आदान–प्रदान र स्थानीय विकासका कार्यक्रमहरूमा सक्रिय सहभागिता सुनिश्चित गर्ने जानकारी अभियानका संयोजक दिनेश रिमालले बताएका छन ।
यस पहलले युवालाई निर्णय प्रक्रियामा सशक्त बनाउने मात्र होइन, स्थानीय विकासका कदम छिटो अगाडि बढाउने अवसर पनि प्रदान गर्नेछ। युवा सहभागिता बढ्दै जाँदा ढकारी गाउँपालिकाका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसरी युवा शक्ति संगठन मार्फत गाउँ–नगरको समृद्धि र सशक्तीकरणमा योगदान पुर्याउने तयारीमा छन्।

































