कैलाली–४ मा कांग्रेसको चुनावी सक्रियता तीव्र, वडावडामा झण्डा र प्रचार सामग्री वितरण

Image
Nisarga Hospital

कैलाली क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’ लाई जिताउन सँगै प्रचारका लागि सबै वडावडामा पार्टीका झण्डा तथा निर्वाचनसम्बन्धी प्रचार सामग्री वितरण अभियान तीव्र बनाएको छ। आगामी निर्वाचनलाई मध्यनजर गर्दै संगठन विस्तार गर्नुका साथै चुनावी माहोल सृजना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

नेपाली कांग्रेस युवा परिचालन समितिका संयोजक कमल कडायत, क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव जयराज फुलारा तथा गौरीगंगा नगरपालिकाका नगर सचिव हेमन्त जोशीको उपस्थितिमा सम्बन्धित वडाहरूमा प्रचार सामग्री वितरण गरिएको छ। अभियानमार्फत स्थानीय तहसम्म पार्टीको नीति, विचार र सन्देश पुर्‍याउँदै कार्यकर्तालाई सक्रिय बनाउने लक्ष्य राखिएको नेताहरूले बताएका छन्।

Attariya Hospital

कांग्रेसले चुनावलाई केन्द्रमा राख्दै घरदैलो कार्यक्रम, मतदाता भेटघाट तथा विभिन्न अन्तरक्रियालाई समेत निरन्तरता दिएको जनाएको छ। उम्मेदवारसहित टोल–टोलमा पुगेर जनताको धारणा बुझ्ने र विकासका एजेण्डा प्रस्तुत गर्ने रणनीतिका साथ पार्टी अघि बढिरहेको बताइएको छ।

nawajiwan

वडास्तरमा संगठनलाई मजबुत बनाउँदै चुनावी अभियानलाई थप प्रभावकारी बनाउने तयारीमा कांग्रेस रहेको छ। यस अभियानले कार्यकर्ता उत्साह बढ्नुका साथै चुनावी प्रतिस्पर्धामा पार्टीलाई बलियो बनाउने अपेक्षा गरिएको छ।